ग्लोबल आईएमई बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा रत्नराज बज्राचार्यलाई नियुक्त गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १ भदौदेखि बज्राचार्यले कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

कोरोनाका कारण अधिकांश बैंकहरूको वित्तीय सूचक ठिकै भएपनि जनतासँग मर्ज भएको ग्लोबलको सूचक राम्रो छ । अघिल्लो वर्षकोभन्दा ५ वटा बैंकले नाफा वृद्धि गरेकोमा ग्लोबल पनि त्यसैको सूचीमा सूचीकृत भएको छ । दुई ठूला बैंकहरू ग्लोबल आइएमई र जनता बैंक मर्जर भएर बने पछि सीईओको पद पर्शुराम कुँवरले सम्हालेका थिए । कुँवरले राजिनामा दिए पछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई नियुक्त गरिएको हो । बज्रचार्य बैकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकर हुन् । उनी यस अघि सनराइज बैंकको सीईओ थिए । करिब डेढ वर्षअघि उनको सनराइज बैंकमा कार्यकाल सकिएको हो । सनराइज जानु अघि उनी ग्लोबल बैंकमै सीईओ रुपमा कार्यरत थिए ।

बज्राचार्यसँग बैकिङ क्षेत्रको करिब चार दशकको अनुभव छ । २० वर्षभन्दा बढीे राष्ट्र बैंकमा काम गरेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।

तपाईको प्रतिक्रिया