एनआईसी एशिया बैंकले बुबाको मुख हेर्ने दिनको लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकको मोबाइल बैंकिङ र कार्डबाट उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । बैंकले कुशे औंसीको दिन देशभर बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मन पर्ने सामग्री उपहार दिएर पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ । आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीका लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् ।

बाबुहरूलाई सम्मान गर्नका लागि यस बैंकले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

ग्राहकहरूले उक्त विशेष दिनमा सामग्री खरिद गरी यस बैंकको मोबाइल बैंकिङ र डेबिट तथा क्रेडिटबाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिन्छ ।

ग्राहकहरूले बैंकसँग सो अवधिमा आबद्ध भएका विभिन्न १४ वटा मर्चेन्टमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया