नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्नका लागि अन्तिम सम्झौता गरेको छ । बैंकको बुधबार (भदौ १७ गते) बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिबाट प्राप्त सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो । इन्भेष्टमेन्ट बैंकले सिटी फाइनान्सलाई १००ः३० अनुपातमा गाभ्न लागेको हो ।

यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ । यस फाइनान्सको गत पुस २८ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।

तपाईको प्रतिक्रिया