नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउनेछ भन्ने बैंकले आशा गरेको छ।
यस योजना अन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने छ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

सोही अनुसार बैंकले घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत, साना तथा मझौला कर्जामा रु एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत, रु एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत प्रदान गर्ने जानकारी गराएको छ ।

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने बैंकले जानकारी गराएको छ ।
सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ । नबिल बैंक ग्राहकसँग एउटा परिवार जस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गर्ने वताएको छ ।

तपाईको प्रतिक्रिया