सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड–१९ महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको जनाएको छ।

बैंकका ऋणी ग्राहकहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नुभएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको जानकारी गराउँछौ र यसरी ग्राहकहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिने व्यवस्था गरेको हो ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंकले जनाएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने बैंकले विश्वस्त लिएको छ ।

तपाईको प्रतिक्रिया