नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ ‘जनसेवाश्री पञ्चम’ बाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ । श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्षको जिम्बेवारी समेत निर्वाह गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया