मोटरहेड बाइकको शोरुम काठमाडौंको बालाजुमा खुल्ने भएको छ । मोटरहेडका लागि नेपालको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले शुक्रबारबाट शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

प्रालिले ललितपुर र भक्तपुरपछि काठमाडौंमा तेस्रो शाखा विस्तार गर्न लागेको हो । मोटरहेडका ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने गरी शोरुम विस्तार गर्न लागिएको प्रालिले जनाएको छ । ग्राहकले शुक्रबारदेखि बालाजु शाखाबाट पनि सेल्स, सर्भिस र स्पेयर्स पार्टस्को सुविधा प्राप्त गर्नेछन् ।
मोटरहेडको बालाजू शाखा उद्घाटनका अवसरमा शुक्रबार ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् । बालाजू शाखाबाट शुक्रबार मोटरहेड बाइक खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी स्पेयर्स पार्टसमा १० प्रतिशत र लेबरचार्जमा ५० प्रतिशत छुट प्रदान हुनेछ । स्पेयर्स पार्टस र लेबरचार्जमा प्रदान गरिने छुट एक सातासम्म जारी रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया