काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज समान्य करेक्सन भएको छ । साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेमा सामान्य करेक्सन आएको हो ।

आज नेप्से १७.७९ अंकले घटेर दुई हजार चार सय २३ दशमलब ०९ विन्दुमा पुगेको छ । त्यस्तै, बजारमा करेक्सन आए पनि कारोबार भने उच्च नै रहेको छ । आज नेप्सेमा ८ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको छभने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका ४ कम्पनी भने ९ प्रतिशत भन्दा बढीले बढेका छन् । आज ९ प्रतिशत भन्दा बढीले बढ्नेमा गुराँस लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इनस्योरेन्स, युनाइटेड फाइनान्स र एभरेस्ट इन्स्योरेन्स कम्पनी रहेका छन् ।

तपाईको प्रतिक्रिया