राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको जानकारी दिए । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको उनले बताए ।

यससँगै आयोजनाबाट अब २२८ मेगावाट विद्युत उत्पादन हुन थालेको छ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनामा ७६ मेगावाटका ६ वटा टर्वाइन जोडिएका छन् । तेस्रो युनिटबाज विद्युत उत्पादन हुन थालेपछि आयोजना आधा क्षमतामा सञ्चालनमा आएको हो ।

तामाकोशी जलविद्युत आयोजनाको चौथो युनिटबाट साउनभित्रै विद्युत उत्पादन थालिने र भदौमा बाँकी दुई युनिट पनि सञ्चालन गरी पूर्ण क्षमतामा अयोजना चलाउने योजना बनाइएको माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका ६ वटा टर्वाइन रहेकोमा पहिलो युनिटबाट असार २१ मा उद्घाटन गर्दै सञ्चालन गरिएको थियो ।

साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिने आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने योजना लिमिटेडको छ ।

तपाईको प्रतिक्रिया