कुमारी इक्विटी फन्डले गत आर्थिक वर्षका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।
कोष प्रवर्द्धक कुमारी बैंक तथा योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको कुमारी इक्विटी फन्डले आउँदो साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन २४ गतेसम्म कायम इकाइधनीहरुले यो फन्डले घोषणा गरेको प्रतिफल पाउनेछन्।
यो फन्डले गत आर्थिक वर्षका लागि ५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार कुल ५ करोड रुपैयाँ इकाइधनीहरुलाई प्रतिफलका रुपमा वितरण गरिने कुमारी क्यापिटलले जनाएको छ।

Online Arthik










