
नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट अनलाइन माध्यमबाट हुनेछ।
सोही सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले यही कात्तिक १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।