बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र  सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो ।

कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार क्षेत्री साउदले गरेका थिए ।
अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालिम संचालन गर्दै अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ ।
कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया