खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ भदौ ८ गतेदेखि  निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयर मध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया