खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।

खप्तड लघुवित्तको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा एक कार्यक्रमबीच बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।

यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र धितोपत्र बिक्रीकर्ता कम्पनी खप्तड लघुवित्तको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

तपाईको प्रतिक्रिया