बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले गत कात्तिक ४ गतेबाट कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक १८ गते (आज) हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले यो आईपीओमा आज कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ।
यो आईपीओमा बागलुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सकुवा र विनामारे गाविकासका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट खरिद आवेदन दिन सक्नेछन्। एनएमबि बैंकको कुश्मीसेरा शाखा, कुमारी बैंकको पर्वतस्थित फलेवास शाखा, ग्लोबल आइएमई बैंकको कुश्मीसेरा शाखा र गरिमा विकास बैंकको बागलुङ ट्राफिकचोक शाखाबाट पनि खरिद आवेदन सकिनेछ।

Online Arthik










