एनएमबि बैंक लिमिटेडले कम्पनी सञ्चालक समितिको मंसिर २८ गते (बुधबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।
सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। मर्जरका लागि गर्नुपर्ने सम्पूर्ण कामकारबाही गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

Online Arthik










