प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात रु. १० करोड रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४ र ५, मादी नपाको  वडा नं. ४ र ६ का स्थायी बासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४ र ५, मादी नपाको वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थायी बासिन्दाहरुका लागि ४ लाख कित्ता साधारण सेयरहरु गत मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो। सोही आईपीओ मंसिर २^ गते बाँडफाँड गरिएको हो।

यसका साथै प्रभावितमा २ हजार ६२ जना आवेदकबाट ४ लाख १ हजार ८०० कित्ताका लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त भएका आवेदनहरुमध्येहरुलाई ४ लाख कित्ता सेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया