बुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मेशिनरी अड हटनको ९५ वर्षको उमेरमा २०७९ साल चैत्र १ गते स्वर्गारोहण भयो । उहाँको जन्म २७ डिसेम्बर १९२७ मा हलिङ्गदल भ्यालि नर्वेमा भएको थियो ।
स्व. हटन ८ जनावरी १९५८ मा पाल्पा मिशन अस्पताल निर्माण कार्यको लागि पहिलोपटक नेपाल आउनु भएको थियो र सन् १९५८ देखि १९६३ सम्म उहाँले पाल्पा मिशन अस्पताल निर्माण कार्य गर्नु भयो । अस्पताल निर्माणको क्रममा नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव महशुस गरी बुटवलमा व्यवसायिक तालिम शिक्षालय (बुटवल टेक्निकल इन्टिच्युट) स्थापना गर्नुभयो । यसको साथै नेपालमा जलविद्युत विकासका लागि आवश्यक दक्ष जनशक्ती उत्पादन र व्यवस्थापनका लागि सन् १९६५ मा बुटवल पावर कम्पनीको स्थापना गर्नुको साथै हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन कम्पनी र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको स्थापना गर्नु भएको थियो । उहाँकै नेतृत्वमा बुटवल पावर कम्पनीले ५०० पध् तिनाउ, ५.१ ःध् आँधिखोला, १२ ःध् झिमरुक जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको थियो । उहाँले ६० ःध् खिम्ती जलविद्युत आयोजना निर्माणको अवधारण तयार पार्नु भएको थियो । उहाँले हाइड्रल्यावको स्थापना गर्नुको साथै बुटवल पावर कम्पनीलाई नीजिकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । बुटवल क्षेत्रलाई विद्युतिकरण गरि औद्योगिक विकासको जग बसाल्नुको साथै उहाँकै अगुवाईमा बुटवलले औद्योगिक विकासमा प्रगति गरेको थियो ।
स्व. हटन नेपालमा रहि सन् १९५८ देखि १९९५ सम्म ३७ बर्ष नेपालको विद्युत विकासमा अतुलनिय योगदान दिई प्रसंसनिय कार्य गर्नु भएकोले तत्कालीन राजाबाट विभुषण एवं सम्मानहरु पाउनु भएको थियो । उहाँलाई बुटवल पावार कम्पनी लिमिटेड, यस संग आवद्ध सहायक कम्पनीहरु, बुटवल वासी तथा नेपालीहरुले सम्मानका साथ सम्झिने गरेका छन् ।
उहाँको असामयिक देहवसान प्रति बुटवल पावर कम्पनीको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै १६ मार्च २०२३ का दिन यस कम्पनीको केन्द्रीय कार्यालय, काठमाण्डौंमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री पद्म ज्योतिज्यू, सञ्चालक समितिका सदस्यहरु, सञ्चालक समितिका पूर्व सदस्य, नर्वेजियन प्रतिनिधिहरु र बुटवल पावर कम्पनीका कर्मचारीहरुको उपस्थितिमा शोक सभा आयोजना गरि उहाँप्रति गहिरो समवेदन व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तीको कामनाको साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरिएको थियो ।
TRENDING :