
कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन्। आज बसेको संचालक समितिको बैठकले खनाललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि उनी बैंक कै डेपुटी सीईओ थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नु अघि खनाल कुमारी बैंकको सीइओ थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि उनी बैंकको डेपुटी सीइओ भएका थिए भने एनसीसीका रमेशराज अर्याल सीइओ भएका थिए। रमेशराज अर्यालले राजिनामा दिएपछि कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त भएका हुन्।
खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । सीएफओको रुपमा सिद्दार्थ बैंकमा काम गरेका खनाल त्यसपछि एनआइसी एसिया क्यापिटलको सीइओ हुँदै कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा थिए। त्यसपछि कुमारी बैंकमा कामु सीइओ हुँदै सीइओ भएका थिए ।