नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य १ लाख ८४  हजार ८ सय निर्धारण गरेको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि चाँदीको भाउ स्थिर नै थियो ।

 

तपाईको प्रतिक्रिया