नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ तोकिएको छ ।
बुधबार २ लाख ५२ हजार १०० तोकिएको थियो । यो हिसाबले सुनको मूल्य आज प्रतितोलामा १ हजारले बढेको छ । चाँदीको मूल्यमा उछालको अवस्था देखिएको छ । हिजोको प्रतितोला ३ हजार ७५० को मूल्य बढेर ३ हजार ८०५ को उचाईमा पुगेको छ । यसरी आज एकैदिन चाँदीको मूल्य ५५ रुपैयाँ प्रतितोलामा बढेको छ ।

Online Arthik









