नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा बिर्तामोडस्थित होटेल द किंग्सबरीमा उक्त कार्यक्रम भएको हो। आर्थिक वर्ष ०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका तीन सय अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो।
पानसमा द्वीप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए। साथै सो प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो।
सो अवसरमा कम्पनीले वार्षिक योजनाअन्तर्गत जारी गरेको नेसनल अवार्ड योजनाअन्तर्गत नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेको छ।

Online Arthik









