स्थानीय बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले महँगिँदै ऐतिहासिक उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघिल्लो दिन पनि सुनको भाउ उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि रेकर्डस्तरमा पुगेको छ। चाँदी प्रतितोला ४३० रुपैयाँले बढ्दै ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Online Arthik









