माघ ७ गते बसेको सुमेरु पोलिमर्स कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते लतिलपुरको धोबिघाटमा रहेको  सिद्धार्थ कटेजको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ जारी गर्ने, कम्पनीका सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.०२३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै १०ः४ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरणहरु समेत अनुमोदन गरिनेछ ।

 

तपाईको प्रतिक्रिया