गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजनाको रूपमा ‘गरिमा सुवर्ण योजना’ले सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते उक्त योजनाको सार्वजनिक निष्काशन स्वीकृत गरेको हो। यो योजना कुल एक अर्ब रुपैयाँ बराबरको रहेको छ।
गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो र कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसम्म सहज रूपमा पुर्याउन गरिमा विकास बैंकका सबै शाखा कार्यालयमार्फत सहजीकरण हुँदै आएको छ।
संस्थाले आफ्ना सेवाहरूलाई अझ परिस्कृत, प्रभावकारी तथा ग्राहकमैत्री बनाउन विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Online Arthik









