हिमालयन बैंक को बत्तीसपुतली शाखा कार्यालय पुनः सञ्चालनमा आउने भएको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शाखा कार्यालयको पुनर्निर्माण सम्पन्न भएपछि साविककै भवनबाट सम्पूर्ण बैंकिङ सेवा–सुविधासहित सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।

बैंकका अनुसार काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीस्थित नेपाल राष्ट्रिय मारवाडी परिषद को भवन (द्वारिका होटल अगाडि, राम मन्दिर जाने बाटो) मा रहेको शाखा फागुन १० गतेदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ। यस असहज अवधिमा ग्राहकहरूले बैंकप्रति देखाएको सदाशयता र सहयोगप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ। साथै, शाखा बन्द रहँदा ग्राहकहरूलाई परेको असुविधाप्रति बैंकले क्षमायाचना गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया