फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नबाँड्ने घोषणा गरेको छ। संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरिएको संस्थाले जनाएको छ।

Online Arthik










