शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गरेको हो। यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई छुट्याइएको छ।त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकिएको छ।
दोस्रो चरणमा कम्पनीले ४४ हजार ४०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखेर बाँकी १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik










