फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब सवा ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आज फागुन २६ गतेदेखि १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो।

लघुवित्तका अनुसार उक्त सेयर फागुन २६ गतेदेखि चैत १० गतेसम्म बिक्रीमा रहनेछ।अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बिक्रीका लागि प्रतिकित्ता २८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। सो मूल्यका आधारमा करिब ५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो।खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

उक्त संस्थापक सेयरको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ।

तपाईको प्रतिक्रिया