काठमाण्डौ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। अन्तर्राष्ट्रिय संस्था IQAir का अनुसार सोमबार बिहान काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (AQI) २०५ पुगेको छ, जसलाई “Very Unhealthy” अर्थात् अत्यन्त अस्वस्थकर मानिन्छ।

विज्ञहरूका अनुसार सवारीसाधनको धुवाँ, धुलो, निर्माण कार्य र मौसमीय कारणले प्रदूषण बढेको हो। यस्तो अवस्थामा आँखामा जलन, घाँटी दुख्ने, टाउको दुख्ने तथा सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ, विशेषगरी बालबालिका, वृद्धवृद्धा र दमका बिरामीहरू बढी जोखिममा हुन्छन्।

स्वास्थ्यकर्मीहरूले बाहिर निस्कँदा N95 मास्क प्रयोग गर्न, अनावश्यक रूपमा बाहिर नबस्न र भारी व्यायाम नगर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया