दराज नेपाल ले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियान घोषणा गरेको छ। यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
यस अवधिमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, छनोट गरिएका सामानमा निःशुल्क डेलिभरी तथा ६३ लाख रुपैयाँ बराबरका भौचरहरू सहितका विभिन्न आकर्षक अफर प्राप्त गर्न सक्नेछन्।यस सेलमा विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन्। जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र रोhto का उत्पादनमा ४४ प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्राण्डहाउस का उत्पादनमा ६० प्रतिशतसम्म छुट तथा सिल्भर पार्टनर नाइक का उत्पादनमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।ग्राहकको विश्वास सुदृढ बनाउन ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको ‘डबल प्राइस डिफरेन्स रिफन्ड’ सुविधा पनि लागू हुने बताइएको छ। यसअन्तर्गत ग्राहकले नेपालभित्रको कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएको भेटेमा योग्यताको सर्त पूरा गरेपछि मूल्य फरकको दोब्बर रकम फिर्ता पाउनेछन्।
कम्पनीका अनुसार ‘द रियल सेल’ अभियानको उद्देश्य देशभरका ग्राहकलाई मूल्य, सुविधा र विभिन्न उत्पादनहरूको विस्तृत छनोटसँगै सहज तथा लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नु हो। सेल अवधिभर स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर र गृह सजावट लगायत विभिन्न क्याटेगोरीका सामानमा आकर्षक अफर उपलब्ध हुने जनाइएको छ।

Online Arthik










