कालिन्चोक हाइड्रोपावर कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार आइपीओमा ८३ हजार ६०६ जनाले आवेदन दिएका थिए। तीमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्र सदर भएको छ।
सदर आवेदनमध्ये ८ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी ६६ हजार ३१८ जना आवेदकको हात खाली भएको छ।

Online Arthik









