शिखर पावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओ आज ग्लोबल आइएमई क्यापिटल लिमिटेड को कार्यालयमा बाँडफाँड गरिएको हो।

कम्पनीको आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो। यसमध्ये ३६ हजार ५०० जनाको ४ लाख २२ हजार २०० कित्ता सेयरका लागि परेको आवेदन बदर भएको छ।

कुल आवेदनमध्ये २६ लाख ५० हजार ८४७ जनाको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन सदर भएको छ। सदर आवेदनमध्ये १० कित्ताका दरले १ लाख ८४ हजार २६० जनाले मात्र सेयर प्राप्त गरेका छन् भने बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदकको हात खाली भएको छ।

तपाईको प्रतिक्रिया