कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको ८ हजार ७८० कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले उक्त सेयर सार्वजनिक रूपमा बिक्री प्रक्रिया अघि बढाएको हो।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रारकुमारी क्यापिटल लिमिटेडको प्रधान कार्यालय, काठमाडौँ–२ टंगालमा आवेदन दिन सक्नेछन्।तोकिएको अवधिभित्र कुनै आवेदन नपरेमा प्रचलित कानूनअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

Online Arthik










