सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको १ लाख ६९ हजार २१३ कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी ज्योति रेग्मी अधिकारी ले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकले सार्वजनिक सूचना जारी गर्दै प्रति कित्ता न्यूनतम मूल्य १२५ रुपैयाँ तोकेको जनाएको छ। उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले तोकिएको मूल्यमा ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी काठमाडौँमा आवेदन दिन सक्नेछन्।

Online Arthik










