नेपाल टेलिकम ले उपलब्ध गराउँदै आएको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ। यसका लागि कम्पनीले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेको जनाएको छ।चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओस का विभिन्न सेवाप्रदायकसँग तथापाकिस्तान, बेलारुस श्रीलंका का थप सेवाप्रदायकसँग पनि सम्झौता गरिएको छ।यसअघि नै यो सेवा अस्ट्रेलिया, भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम लगायत विभिन्न देशमा उपलब्ध थियो। अब यो सेवा युरोप, एसिया, मध्यपूर्व र अन्य क्षेत्रका थप देशमा विस्तार भएको छ।
रोमिङ सेवा अन्तर्गत ग्राहकहरूले भ्वाइस, डाटा र एसएमएस सेवा विदेशमै प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार आगामी दिनमा थप देशहरूमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको छ। विदेश जाने वा बस्ने नेपालीहरूका लागि नेपाल टेलिकमको रोमिङ सेवा अत्यन्त उपयोगी मानिन्छ।

Online Arthik










