उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड ले मर्जर तथा सेयर संरचना परिमार्जनसम्बन्धी प्रस्तावसहित १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

संस्थाको चैत ५ गते बसेको सञ्चालक समिति बैठकले सभा चैत २८ गते बिहान १० बजे एशियन बुद्ध होटल मा आयोजना गर्ने निर्णय गरेको हो। सभामा अन्य लघुवित्त संस्थासँग मर्जरमा जाने, गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव प्रस्तुत गरिनेछ।त्यसैगरी, संस्थापकतर्फको सेयर स्वामित्व ५५.५८% र सर्वसाधारणतर्फ ४४.४२% कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाहलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। साथै, रिक्त सञ्चालक पदमा गरिएको नियुक्ति अनुमोदन, नयाँ सञ्चालक निर्वाचन, आगामी वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि एजेन्डामा समावेश छन्।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुकक्लोज गर्ने भएकाले चैत १५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

तपाईको प्रतिक्रिया