सन्तोष प्रसाई, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड का प्रमुख कार्यकारी अधिकृत, ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधामा सम्मानित भएका छन् । बीमा क्षेत्रको नियामक निकाय तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) देखि कम्पनीको नेतृत्वसम्म उनले पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो । प्रसाईको नेतृत्वमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा सशक्त उपस्थिति बनाउन सफल भएको बताइएको छ ।

शनिबार आयोजित विशेष समारोहमा हिक्मत कार्की, कोशी प्रदेश का मुख्यमन्त्रीले दोस्रो ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । कोशी प्रदेशमा जन्मिएर देश तथा विदेशमा विभिन्न पेशा–व्यवसायमार्फत उल्लेखनीय उपलब्धि हासिल गर्दै प्रदेशको प्रतिष्ठा बढाउने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष विभिन्न विधामा ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै आइएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया