नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने एक सातामै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटेको छ । गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै जाँदा अमेरिकी डलरको माग बढ्नु र ब्याजदरमा दबाब पर्नु जस्ता कारणले सुनको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घट्दै ४ हजार ५४० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँ थियो । एक सातामा चाँदीको भाउ ७३० रुपैयाँले घटेको छ भने गत आइतबार ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि गत माघ १५ गते हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

तपाईको प्रतिक्रिया