नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले संस्थापक समूहतर्फको सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकका ६ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त प्रक्रिया सुरु गरेको हो।
बैंकले कुल २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको छ।उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको रजिष्ट्रार कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन्।
बैंकका अनुसार, तोकिएको म्यादभित्र आवेदन नपरेको अवस्थामा प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

Online Arthik










