नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार भने सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ८ सय २० रुपैयाँमा झरेको छ, जबकि बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो। बजारमा पछिल्लो समय सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय प्रभाव, विनिमय दर तथा माग–आपूर्तिका आधारमा दैनिक उतार–चढाव हुँदै आएको छ।

तपाईको प्रतिक्रिया