आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश पारित गर्न संस्थाले वार्षिक साधारण सभा पनि आह्वान गरेको छ, जुन वैशाख ७ गते सोमबार बिहान ११ बजे घोराही उप–महानगरपालिका–१५, दाङमा बस्नेछ। सभामा लाभांश प्रस्तावसहित वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। साधारण सभा प्रयोजनका लागि चैत २६ गते एक दिन बुकक्लोज मिति तोकिएको हुँदा चैत २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न तथा सभामा सहभागिता जनाउन पाउनेछन्।

Online Arthik










