सपोर्ट लघुवित्त वित्तीय संस्थाले १ हजार ७४९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बेंकिङमा वा कम्पनीको केन्द्रीय कार्यालयमा आफू खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्नु पर्नेछ ।
निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

Online Arthik










