महिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाको नियमअनुसार यस्ता सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले उक्त सेयर हाल उनीहरूकै लागि खुला गरिएको हो। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयर खरिद गर्न चाहनेहरूले काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालय वा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, ठमेल (सेयर रजिष्ट्रार) मा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी आवेदन दिन सक्नेछन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ।

Online Arthik










