कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा स्थानीयलाई लक्षित गर्दै सेयर निष्कासन गरेको हो।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
इच्छुक स्थानीय लगानीकर्ताले आजभित्र आवेदन दिइसक्नुपर्नेछ, अन्यथा यस चरणको अवसर गुम्नेछ।

Online Arthik










