स्काई लाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी सुरु गरेको छ। कम्पनीले यस सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभाको मिति तय गरेको हो।
चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख ११ गते वीरगञ्जस्थित होटल सरोबरमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभाबाट कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ।
यससँगै आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

Online Arthik










