Sसोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ निष्कासन मिति परिवर्तन भएको छ। यसअघि वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुल्ने तय भए पनि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयका कारण तालिका हेरफेर गरिएको हो।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार अब आईपीओमा वैशाख ३ गतेदेखि आवेदन दिन सकिनेछ भने निष्कासन वैशाख ८ गते बन्द हुनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न सेकुरिटि बोर्ड अफ नेपाल बाट फागुन १७ गते अनुमति पाएको थियो।जारी गरिने सेयरमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

Online Arthik









