जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ।
चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १० गते बिहिबार बिहान ११ बजेदेखि काठमाडौँको तिनकुनेस्थित न्यौपाने टावरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो। उक्त विशेष साधारण सभाबाट कम्पनीको नाम परिवर्तन गर्ने, बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने, सेयर संख्या परिमार्जन गर्ने तथा आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धी प्रस्तावहरू पारित गरिनेछ।
बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने तयारीसँगै कम्पनीले संस्थागत तथा सर्वसाधारण लगानीकर्तालाई आकर्षित गर्ने रणनीति लिएको देखिन्छ।

Online Arthik









