नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। आज सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले वृद्धि भएर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

मंगलबार भने सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य पनि बुधबार बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गत बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो, जसले पछिल्लो समय चाँदीको मूल्य पनि क्रमशः उकालो लागेको देखाउँछ।

तपाईको प्रतिक्रिया