सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल २७ लाख ६८ हजार ७ सय ४३ आवेदन परेकोमध्ये २७ लाख ३० हजार ९ सय ८७ आवेदन सदर भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। मागभन्दा अत्यधिक आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथा (लटरी) विधिबाट गरिएको हो। कुल सदर आवेदकमध्ये ३ लाख ४७ हजार ४ सय ९० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ भने बाँकी आवेदक शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्। आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

Online Arthik










